मुख्यमन्त्री भएकै दिन भीम आचार्यलाई पर्यो बज्रपात, उनका भाइ मृत भेटिए
बिराटनगर । नेकपा एमाले सचिव समेत रहेका प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य मुख्यमन्त्री भएकै दिन बज्रपात परेको छ । मुख्यमन्त्रीमा नियुक्त हुनु केही घण्टा उनको भाई मृत भेटिए भनेर समाचार बाहिर आउँदा उनलाई मुख्यमन्त्रीमा नियुक्त हुँदा खुसी हुनुपर्नेमा मन नै खल्लो भएको छ ।
मानिसको जीवन हो, उतारचढाव त जीवनमा आइ नै रहेनछन् । मानिस भएर यो धर्तीमा आएपछि दु:खसुख भोग्नैपर्छ । यसलाई सहज रुपमा लिएर अघि नबढी पनि हुँदैन । दु:खसुख भनेका सिक्काका दुई पाटा जस्तै हुन् ।
आचार्यका ५९ वर्षीय भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार आज बिहीबार बिहान उनी इनवरुवा नगरपालिका-३ स्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।
इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ
उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।
भाइ मृत भेटिएको बारेमा मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यलाई जानकारी भइसकेको छ। प्रहरीका अनुसार अनुसार मृत भेटिएका राम आचार्यको शव घरमै छ ।