\
समाचारहेडलाइन

रहेनन् जनगायक जेबी टुहुरे, श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । आज बिहीबार टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गत भदौ १ गते मा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

उपचारमा संलग्न डाक्टरका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो । दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

Leave a Reply