भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको आज दिउसो बस्ने बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने तयारी गरेका हुन् ।
थप गरिने निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको बताइएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सुझावपछि निषेधाज्ञा थप गर्न लगिएको हो । सरकारले जारी गरेको पछिल्लो निषेधाज्ञाको समयावधि आज मंगलबार राति १२ बजेदेखि सकिदैछ ।
उपत्यकामा निषेधाज्ञाका कारण मुख्यतः शिक्षण संस्था, फिल्महल, चिडियाखाना,स्वीमिङ पुल, दोहोरी साँझ लगायत भीडभाड हुने ठाउँहरु बन्द छन् ।
यो पनि पढ्नुहोस्
उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक आज बस्दै