\
मुख्य समाचारसमाचार

कोरोना संक्रमणवाट राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचनको निधन भएको छ ।

शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा हिजो बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो । संविधानसभा सदस्य समेत रहेका शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अ

अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । उनको दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

शेरचनप्रति भावपुर्ण श्रद्धान्जली ! नेपालपत्रको तर्फवाट उहाँकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दछौ ।

Leave a Reply