लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न
काठमाडौँ । आज श्रावण २५ गते सोमबार लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डे सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथा क्लबका अध्यक्ष लायन विजय ढकालको सभापतित्वमा भएको कार्यक्रममा लायन बिनय बस्नेतलाई प्रमुख अथितिको रुपमा आमन्त्रण गरिएको थियो ।
लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाको चार्टर डेको अवसरमा तारकेश्वर नगरपालिका-२ निवासी ८६ बर्षीय जेष्ठ नागरिक होम बहादुर कुँवरलाई प्रमुख अथिति लायन बिनय बस्नेतद्वारा सम्मान गरिएको थियो ।