\
अन्तर्राष्ट्रिय समाचारमुख्य समाचारसमाचार

बंगलादेश सरकारले भोली राष्ट्रिय शोक मनाउने

३० फागुन, काठमाण्डौ । काठमाण्डौमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।

बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको अन्तरास्ट्रिय संचारमाध्यमले जनाएको छ ।

यस्तै आगमी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा गुम्वामा शोकसभा गर्ने पनि बंगलादेशको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गत सोमबार काठमाण्डौमा भएको युएस बंगला विमान दुर्घटनामा २६ बंगलादेशी नागरिकसहित ५१ जनाको ज्यान गएको थियो ।

 

Leave a Reply