\
खेलकुदराष्ट्रिय समाचारसमाचार

मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

२९ फागुन, रूपन्देही । मनाङ मर्स्याङदी क्लब बुटवलमा चलिरहेको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङलाई जिताउन विशाल राइले २ तथा भिक्टरले १ गोल गरे ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही ११ र नेपाल पुलिस क्लब खेल्नेछन् ।

Leave a Reply