\
समाचार

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने

२५ फागुन, काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रका शर्माले बताए ।

शर्माले भने ‘सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैन । सभामुख सिंगो सदनको नेता भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ।’

सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

 

Leave a Reply