\
समाचार

झापा गोल्डकपमा त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश

२५ फागुन, झापा । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । विर्तामोडको डोमालाल राजवंशी मैदानमा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै आर्मी अन्तिम ४ मा पुगेको हो ।

आर्मीलाई जिताउन जर्ज प्रिन्स कार्कीले गोल गरे ।

आर्मीले फाइनल प्रवेशको लागि शनिबार मनाङ–मर्स्याङदी क्लबसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा आज झापा ११ र थ्री स्टार क्लब खेल्नेछन् ।

Leave a Reply