पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
चितवन । पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग पहिरो हटाएपछि आज बिहान ८ बजेदेखि सडक दुवैतर्फ खुलेको छ । गए राति झरेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन-जोगिमारा खण्ड अवरूद्ध भएको थियो ।
पहिरो हटाएपछि सडक खुलेको स्थानीय बासिन्दाले जनाएका छन् । आज बिहानैदेखि डोजर लगाएर पहिरो र बाक्लो लेदो हटाइएको थियो । सडक अवरूद्ध हुँदा रोकिएका सवारी साधन सडक सुचारू भएसँगै गन्तब्यतिर लागेका छन् ।