\
अर्थराष्ट्रिय समाचारसमाचार

सुनको मूल्य बढ्यो

२३ फागुन, काठमाण्डौ ।  सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा महंगो भएकाले  नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।

Leave a Reply