\
पत्रपत्रिकावाटमुख्य समाचारसमाचार

मनसुन भित्रियो, आगामी साता अझै सक्रिय हुने

नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन (वर्षा याम) सुरु भएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो ।

नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ ।

न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को सातासम्ममा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply