\
खेलकुदराष्ट्रिय समाचारसमाचार

मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

२२ फागुन, झापा । मनाङ मर्स्याङ्दी क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

अाज भएको खेलमा पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ४ गोलले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

झापा बिर्तामोडको डोमालाल राजवंशी मैदानमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा पुगेको खेल मनाङले ४–३ ले जितेको हो ।

प्रतियोगितामा बुधबार झापा ११ र भारतको सिक्किम युनाइटेडबीच खेल हुनेछ ।

 

Leave a Reply