\
समाचारहेडलाइन

दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता : चीनद्वारा तत्काल नेपाललाई १० लाख डोज खोप दिने घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति भण्डारी र सीबीच वार्ता भएलगत्तै चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ ।

चीनले नेपाललाई तत्कालै अनुदान स्वरुप १० लाख डोज सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने घोषणा गरेको हो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराइसकेको छ ।

आज भएको सो वार्तामा भण्डारीले सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

https://twitter.com/PRCAmbNepal/status/1397520476625276928

Leave a Reply