\
मुख्य समाचारसमाचारसुदूरपश्चिम प्रदेश

संविधानसभा सदस्य रबनी चौधरीको कोरोना संक्रमणबाट मृत्यु

कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आझ आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

आज आइतबार मात्र कोरोना संक्रमण पुष्टि भएकी उनी कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । लम्कीचुहा नगरपालिका-६ निवासी बागमारा निवासी ४४ वर्षीया चौधरीको एक्कासी स्वास्थ्यमा समस्या आएर आज दिउँसो रबनीको निधन भएको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

Leave a Reply