बहस गर्न प्रधानमन्त्री ओलीसँग गगन थापाको हैसियत नभएको भन्दै महेश बस्नेतले दिए कडा प्रतिक्रिया
काठमाडौं । एमाले सांसद महेश बस्नेतले कांग्रेस सांसद गगन थापालाई सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई थापाले चुनौती दिएपछि बस्नेतले यस्तो बताएका हुन्।
बस्नेतले थापालाई प्रधानमन्त्री ओलीसँग बहस गर्न हैसियत नभएको बताए । युवा नेताले प्रधानमन्त्रीसंग बहस गर्ने भन्नु नसुहाउने बताए।