\
मुख्य समाचारसमाचारहेडलाइन

संसद विघटनको मुद्दामा प्रधानन्यायाधीश जवराद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । प्रधानन्यायाधीश जवराको एकल इजलासले मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो ।

आज भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ ।

Leave a Reply