\
अपराधसमाचार

दुई थान पेस्तोलसहित एकजना पक्राउ

२० पुस काठमाण्डौ ।  दुई थान पेस्तोल सहित काठमाण्डौको कोटेश्वरवाट एकजना पक्राउ परेका छन् । खोटाङका सुवास कार्की नामका युवा कोटेश्वरस्थित  न्यु सुनकोसी गेस्टहासबाट पक्राउ परेका हुन् ।

कार्कीको साथवाट महानगरीय प्रहरी परिसरवाट खटिएको टोलीले दुई थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

Leave a Reply