दाङको भालुवाङलाई राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय
काठमाडौं, १६ असोज । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ बनउने निर्णय गरेको छ । प्रदेश सरकारले आज शुक्रबार यस सम्बन्धि निर्णय गरेको हो । निर्णय अनुसार यस सम्बन्धि प्रस्ताव पदेश सभामा लैजान लागिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउँदा सबै जिल्लालाई पायक हुने निष्कर्ष निकालिएको एक मन्त्रीले बताए । हाल प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल छ ।