हेमराज थापाले खोले युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्ति गर्नुको वास्तविकता !
काठमाडौँ, १५ असोज । भ्रष्टाचारको विरुद्ध खरो रुपमा उत्रिने हेमराज थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्नको लागि युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको आरोप लगाएका छन् ।
पछिल्लो समय सरकारको कामविरुद्ध आन्दोलन गर्दै आएका हेमराज थापाले स्टाटस लेखेका छन्, “अमेरिकाका बफादार गुलाम,बालुवाटारका महाराज श्री ५ खड्ग ओलिले MCC पास गराउनैको लागि आफ्ना युवराजलाई अमेरिकाको राजदुत नियुक्ति गरे।”