चितवनमा एकैदिन १४३ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, असोज ८ । चितवनमा आज एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस भाइरस (कोभिड-१९) संक्रमित फेला परेका छन् । चितवन मेडिकल कलेजमा भरतपुरमा गरिएको परीक्षणमा १४० जना र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी एकैदिन १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन् । चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जनामध्ये वडा नं.१४ का मात्रै ४५ जना रहेका छन् ।
भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २/२ जना र माडी नगरपालिकाका १ जना रहेका छन् । यसैगरी नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका १/१ जना रहेका छन् ।