\
समाचारहेडलाइन

इटहरीमा बम विस्फोट हुदाँ १४ महिनाको बच्चा सहित चार जना घाइते

१४ मंसिर इटहरी । इटहरी उपमहानगरपालिका –९ स्थित भलाद्मी टोलमा काँग्रेसले चुनाबका लागि टोलस्तरको भेला आयोजना गरिरहेको ठाउँ नजिकै बम विस्फोट हुँदा १४ महिनाको बच्चा सहित चार जना घाइते भएका छन ।

घाइते हुनेमा १४ महिनाको बच्चा यमन न्यौपाने, १६ वर्षीया सिर्जना अधिकारी, १६ वर्षीया समृना अधिकारी तथा ४० वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्।

घाइतेहरुमध्ये दुई जनालाई उपचारका लागि धरान लगिएको छ। दुई जनालाई विराटनगर लगिएको छ। कार्यक्रमस्थल नजिकैको खाली जग्गामा विस्फोट भएको हो र घाइतेहरु विस्फोट हुँदा बाटो छेउमा खेलिरहेका थिए।

 

Leave a Reply