\
अन्तर्राष्ट्रिय समाचारकला-साहित्यसमाचारहेडलाइन

भारतकी मानुषी बनिन् मिस वर्ल्ड २०१७, मिस नेपालको स्थान टप ४० सम्म मात्रै

मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन्। चीनको सान्यामा शनिबार भएको मिस वर्ल्डको फिनालेमा मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन्। यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन्।

अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् ।

विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो प्रतिस्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका थिए ।

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले ताज जितेकी थिइन्। २० वर्षीया मानुसी भारत हरियाणाकी हुन् । उनी मेडिकलकी विद्यार्थी हुन्।
miss world2017
missworld 2017
miss world

Leave a Reply