\
कला-साहित्यमुख्य समाचारराष्ट्रिय समाचारसमाचार

नेपाली कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छः शताब्दीपुरुष जोशी

कात्तिक २६,काठमाडौँ। शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पुर्यापउन सकेमा भविष्यमा नेपालले नोबेल पुरस्कार जित्न सक्ने विचार व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा साहित्यकार भाउपन्थी (तिलकप्रसाद शर्मा खनाल)लाई आख्यानकार ‘शंकर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै उनले नेपालको साहित्य क्षेत्रमा प्रतिभावान मानिसहरु धेरै भए पनि उनीहरुको परिश्रम र मेहनत अझै अपुग रहेको बताए । कलम साहित्य सिर्जनाको शक्ति भएकाले त्यसले सफलता पाउँदैन भन्ने हीनताबोध गर्न नहुने पनि उनको भनाइ थियो ।

उनले साहित्यकार शंकर कोइराला अध्ययनशील, मेहनती र राम्रा साहित्यकार भएपनि आफ्नो जीवनकालमा अवसर पाउन नसकेको बताए । पुरस्कृत व्यक्तित्व भाउपन्थीले साहित्य देशको ऐना भएकाले साहित्यको विकासमा युवावर्ग समर्पित हुनुपर्ने बताए ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, सल्लाहकार रामप्रसाद दाहाल, समालोचक कृष्णचन्द्र शर्मालगायतले आख्यानकार कोइरालाको व्यक्तित्वमाथि प्रकाश पार्दै साहित्यले समाजलाई परिवर्तन गर्न सक्ने बताए । ‘शंकर कोइराला स्मृति पुरस्कारको राशि रु १० हजार तथा सम्मानपत्र रहेको छ ।

उपन्यास, नाटक, कथा आदि गरी ५१ ओटा कृति छाडेर गएका कोइरालाले विसं २००३ देखि ५१ वर्ष साहित्य सेवा गरेका थिए । उनको ६७ वर्षको उमेरमा विसं २०५४ मा निधन भएको थियो ।

Leave a Reply