\
मुख्य समाचारसमाचार

रूकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

कार्तिक २४, रुकुम। विनाविभागीय मन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ गोइरीमा विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो ।

उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ । रूकुमको चाैरजहारीबाट उम्मेदवार शर्मासहित प्रचार टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।
नेत्रबिक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले बम प्रहार गरेको शंका गरिएपनि प्रहरीले भने पुष्टि गरेको छैन् । शर्मा वाम गठबन्धनका उम्मेदवार हुन् । यता एमाले र माओवादी, पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरू राजकुमार शर्मा र शेरबहादुर केसीले विज्ञिप्त प्रकाशित गरी राजनीतिक स्थायित्व र समृद्धि बिरोधीहरूले अक्रमण गरेको बताएका छन्।
माअोवादीका केन्द्रीय नेता समेत रहेका जनार्दन शर्मा वाम एकताको पहलकर्ता समेत रहेकोले सुरक्षा थ्रेट बढिरहेको भन्दै उनीहरूले घटनाको निन्दा गरेका छन् । साथै उनीहरूले कार्यकर्ताहरूलार्इ उम्मेदवारको सुरक्षा र चुनावी प्रचारमा सक्रिय रहन अपील गरेका छन् ।

source:OnlineKhabar

Leave a Reply