घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ
बैतडी, ७ फागुन । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनियर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।
निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ । (रासस)