१२ फिट तारबारसहितको अग्लो पर्खाल नाघेर कारागारबाट कैदी भागे
१ मंसिर, हेटौंडा । भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् ।
सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेका धामी शनिबार राति कारागारको १२ फिट तारबारसहितको अग्लो पर्खाल नाघेर भागेको कारागारका जेलर प्रकाश खनालले बताए । राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको कारागारले जनाएको छ ।
तारबारसहितको अग्लो पर्खाल कसरी नाघे भन्नेबारे अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय भोगिरहेका थिए ।