एम्बुलेन्स कालीगण्डकीमा खस्दा चालक बेपत्ता
४ जेठ, पोखरा । १ झ ३११ नम्बरको एम्बुलेन्स कालीगण्डकी नदीमा खस्दा चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।
एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको प्रहरीले जानकारी दियो ।