\
घटनादुर्घटना

खाडा बस्तीमा आगलागीबाट जलेका घर पुनःनिर्माण सम्पन्न

मान्म, ४ फागुन । गत वर्षको पुस ८ गते राति भएको आगलागीबाट जलेको खाडा बस्तीका २६ घरको पुनःनिर्माण सम्पन्न भएका छन् । प्रदेश सरकार र विभिन्न स्थानीय तहको सहयोगमा २६ घर पुनःनिर्माण गर्ने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिनुभयो ।

आगलागीले खरानी भएको खाडामा भूकम्प प्रतिरोधी घर बनेपछि खाडाका स्थानीय खुसी भएका छन् । आगलागीले खरानी भएको खाडा वस्तीको स्वरुप नै बदलिएको छ । आपूmहरुले छिमेकीको घरमा आश्रय लिएर एक वर्ष बिताएपछि अव नमूना घरमा बस्न पाउने भएकाले निकै खुसी लागेको स्थानीयवासी विष्णुऋषी न्यौपानेले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बमले प्रदेश सरकारको सहयोगमा बनेका २६ वटा नमूना घर निर्माण सम्पन्न भएर जनयुद्ध दिवसका अवसर पारेर पीडितलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले खाडामा जलेका ३२ घरमध्ये छ जनाको परिवार तराइतिर बसाई सरेर गएकाले २६ वटा परिवारको लागि मात्र घर निर्माण गरिएको उहाँको भनाइ छ । खाडामा नमूना बस्ती निर्माणका लागि गाँउपालिकाको निर्माण कार्यदलमा आवद्ध १०० जना युवा र अन्य क्षेत्रबाट ३० जना मिस्त्री लगाएर बस्ती पुनःनिर्माणको काम पूरा गरेको अध्यक्ष बमले बताउनुभयो ।

Leave a Reply