भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका बिरामी यादव ग्रस्त थिए लुपस रोगबाट
चैत ११, भरतपुर । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस नामक रोगले ग्रस्त रहेको पाइएको छ । चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज-३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए ।
अस्पतालले उनमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण आशंका गर्दै स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो । तर, उनको रिपोर्ट भर्न आइसकेको छैन । कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृतक यादवको शव हाल विशेष अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिएका छन् ।