\
आयुर्वेद

स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

संस्कृतिमा पर्ण बीज सामान्य भाषामा यसलाई पत्थर चट्टा अजमरी भन्दछन् यसलाई गमलामा लगाउने चलन पनि छ । यो बहुउपयोगी जडिबुटी अन्तर्गत राखिएको छ । यसको होम्योपैथीक औषधि Berberis Vulgaris होम्योपैथीक फार्मेसीमा बनि बनाएको औषधि खरिद गरेर पनि फाइदा उठाउन सकिन्छ ।

Berberis Vulgaris को प्रयोगले पित्त पत्थरी Kidney Stone फाल्न महत्वपूर्ण औषधिको रूपमा गनिएको छ । आजको लेखमा यसका अन्य फाइदाको बारेमा प्रकाश पार्ने छौं । हाम्रो गाउँघरमा यस्ता औषधि भए पनि यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी प्राप्त नहुनाले पछि परेका छौं ।

यस्ता औषधिको प्रयोग गर्ने तरिका आजको लेखमा पस्कने छौं । पर्ण बिजको प्रयोगबाट के कस्ता फाइदा हुने देखिन्छ भन्ने कुरा जान्ने प्रयत्न गर्दै जानुपर्छ । विगद लामो समयदेखि हामीले जडिबुटीबारे जानकारी पस्कदैछौं । आउनुस् अब यसका फाइदाबारे जानौं ।

पर्ण बीजको पातलाई निचरेर रगत बगेको ठाउँमा राख्नाले तुरुन्त रक्तस्राव रोकिन्छ । काटको ठाउमा यसको रसमा कपास भिजाएर पट्टी बाध्नाले चाडो निको बनाउदछ । नाकबाट रगत बग्ने गर्छभने यस्को रसलाई कपडछान गरि नाकमा राख्नाले नाकबाट बगेको रगत रोक्ने काम गर्दछ ।

पर्ण बीजका अन्य फाइदाहरु यस्ता छन्

१. बिच्छीले टोकेको ठाउमा पर्ण बीजको रसमा थोरै नुन राखेर दल्नाले तुरून्त फाइदा हुन्छ ।

२. अनिन्द्राको कारणले टाउको दुख्ने गरेको भए यसको रस दल्नाले राम्रो फाइदा गर्दछ ।

३. पर्ण बीजको पात सफा गरेर जीरा, नुन र धनिया राखेर अचार बनाएर ज्वरो आएको बिरामीलाई दिनाले मुखको स्वाद बढाउनुको साथै ज्वरोमा राम्रो काम गर्दछ ।

४. रक्ताअर्श दिशामा रगत मिसिएर आउने पायल्समा २० ग्राम जति रसमा मिश्री ३ ग्राम मिलाएर सेवन गराउनाले यो रोग निको हुन्छ । २१ दिनसम्म सेवन गराउनु पर्छ ।

५. Berberis Vulgaris Q लाई १०,१५ थोपा औषधि Kidney Stone मा आधा गिलास पानी राखेर सेवन गराउनाले १० सम्मको पत्थरी झार्दछ ।

नोट : पत्थरीका रोगीले यस्को पातलाई राम्रोसंग सफा गरेर पिस्ने २० एम.एल जति रस दैनिक सेवन केहि दिन गर्नाले पत्थरी झार्ने काम गर्दछ । यसको प्रयोगबाट हामीले थुप्रै पत्थरी झार्न सफल भएका छौं । यसको बानी बनाएको औषधि Berberis Vulgaris Q हाम्रो फार्मेसीमा उपलब्ध छ । अन्त नपाइएमा ९८५७०४०२९८ मा सम्पर्क राख्न सक्नुहुन्छ ।

यो पनि पढनुहोस्

ल्यूकोरिया भनेको के हो र यसको रोकथाम कसरी गर्ने ?

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

Leave a Reply