\
आयुर्वेद

के मन्त्रद्वारा रोगको उपचार गर्न सकिन्छ ?

काठमाडौँ । आयुर्वेदलाई जीवनको विज्ञान भनिएको छ । आयुर्वेदका अनुसार सिद्ध वैद्य त्यो हो जसले मन्त्रको प्रयोगसंगै आयुर्वेद औषधिको प्रयोग गर्दछ । यस विषयमा थुप्रै ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

घटना धेरै पहिलेको हो एकपटक सानो बच्चालाई औषधि दिएर पठाएको थियो तर औषधि खानासाथ बच्चालाई औषधि उल्टी हुने गरेको हुनाले औषधि परिवर्तन गर्न आएकालाई वैध वाले औषधि लिएर फुक्नु भयो र खान दिनुभयो आश्चर्य बच्चाले तत्क्षण औषधि खान दिइयो तर उल्टी भएन ।

यहाँ हामीले एउटा कुरा बुझ्न आवश्यक के छ भने मन्त्रले औषधिमा लागेको नजर हटाउन सक्षम देखिन्छ । मैले थुप्रै लेखहरू लेखी सकेको छु । हरेक वैद्यले मन्त्रको वैज्ञानिक प्रयोगलाई बुझ्न आवश्यक छ । हरेक मानिसको शरीर एउटै प्रकारको हुँदैन । कतिपय व्यक्तिहरू पानी फुकेर दिना साथ निको भएका घटना हामीले सुन्न र पढ्न सक्छौं ।

सुल चलेर आएका एकजना विरामीलाई आवश्यक औषधि दिइयो तर आराम भएन यो देखेपछि एकजना वैध बुबाले पानी फुकेर सुलको दोहोलो भन्दै पानी खान दिनुभयको थियो आश्चर्य तुरुन्त विरामी निको भयो यो जस्ता अनेकौं घटना हामीले देख्न सक्छौं ।

यदि हामीले आध्यात्मिक तरिकाबाट हेर्छौं भने हरेक प्रकारका रोगहरूलाई पूर्वजन्मको फलको रूपमा लिइएको छ । आयुर्वेदका अनुसार देवी-देवताको ध्यान- स्मरण गर्दै औषधि सेवन गराउन सके तत्क्षण फाइदा हुने देखिएको छ । शारीरिक र मानसिक रोग भगाउन सकिने देखिन्छ ।

जन्‍मान्‍तर पापं व्‍याधिरूपेण बाधते।
तच्‍छान्तिरौषधप्राशैर्जपहोमसुरार्चनै:।।

आयुर्वेदको मान्‍यता अनुसार जप, हवन, देवी,देवताको पूजालाई सवै रोगका औषधि हुन भनेको छ । यस्ता रोगको नाश गर्नका लागि पूजा र देवताको मन्त्रको उपयोग स्‍पष्‍ट देखिएको छ । दिर्घकालीन रोग लागेकाहरूले देवी देवताको आराधना गर्नाले चाँडो फाइदा हुने भनेको छ ।

आजको लेखमा तल जण्डिस रोगको उपचार मन्त्रबाट गर्ने तरिका सिकाइने छ ।

मन्त्र

ॐ नमो वीर बेताल इसराइल नारी कहे तू देव खादि तू बादी पिलिया कू भिदाति कारे झारे पिलिया रहे न एकनिशान, रहजायतो हनुमंत की आन, मेरी भक्ति गुरूकी शक्ति फुरै मन्त्र इस्वरि बाचा ।

मन्त्र कसरी प्रयोग गर्ने ?

कासको कटोरामा तोरीको तेल थोरै राख्ने र कटौरीलाई सिरमा राखेर कुसले झार्ने । यो मन्त्र ७ पटक ७ दिनसम्म जप्नु जण्डिसको दोहोलो हुन्छ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply