\
आयुर्वेद

जेठी मधुद्वारा यसरी गर्नुहोस् विभिन्न रोगको उपचार

काठमाडौँ । जेठी मधु औषधिको वैज्ञानिक नाम ग्‍लीसीर्रहीजा ग्लाब्र (Glycyrrhiza glabra) भन्दछन् । जेठी मधु मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधि मानिएको छ । यो जडिबुटी गाउँघरमा पाइने भएकाले हामीले यसको प्रयोग बारे जान्न आवश्यक छ । आज मैले यो औषधिको फाइदा बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

१. मुख सुख्खा भएमा

मुलेठीको गुण चिसो हुने भएकाले मुख सुख्खा भएमा राम्रो काम गर्दछ । जेठीमधुको टुक्रालाई मुखमा राखेर चुस्दा गुलियो हुने हुनाले र यसमा पानीको मात्रा हुनाले तुरुन्त फाइदा देखिन्छ ।

२. स्वर सुकेमा

जेठीमधुलाई चुस्नाले स्वर खुल्दछ । गायक कलाकारहरूको लागि यो महत्वपूर्ण औषधि मानिएको छ । यो औषधि निल्ने होइन केवल चुस्ने मात्र हो ।

३. खोकी लाग्दा

जेठीमधुले कफ काट्ने भएकाले खोकी लाग्दा यस्लाई चुस्ने गर्नुपर्छ राम्रो फाइदा हुन्छ । यो जडिबुटी ड्राइकफको लागि राम्रो औषधि मानिएको छ । खोकीलाई चाडो निको गराउन जेठी मधुसंग कालो मरिचसंगै चुस्नाले राम्रो फाइदा गर्दछ ।

४. पेटको अल्सरमा

पेटका अल्सरका रोगीलाई ठीक गर्नमा जेठीमधु रामबाण औषधि मानिएको छ । जेठी मधुको चुर्णको सेवनले अल्सर निको हुन्छ ।

५. उल्टी हुने भएमा

उल्टी हुने भएमापनि जेठीमधु चुस्ने गर्नाले फाइदा हुन्छ ।

६. मुख भित्रको घाउमा

जेठीमधु चुस्ने वा पेस्ट लगाउने गरेमा राम्रो फाइदा गर्दछ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply