\
आयुर्वेद

आयुर्वेद कहिलेकाहीँ खतरनाक पनि हुनसक्छ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदमा कोरोनाको औषधि छैन तर केहीले दाबी गर्दै बेचेको भन्ने खबर हामीले पाएका छौं । नोबेल कोरोना श्वास-प्रश्वास संघ सम्वन्धित रोग भएकाले योसंग मिल्दाजुल्दा लक्षणमा मात्र यसले काम गर्ने भएकाले भ्रममा नपरौं ।

आयुर्वेद हचुवाको भरमा चलाउदा साइड इफेक्ट हुदैन भन्ने कुरा गलत हो । जडिबुटीमा पनि साइड इफेक्ट हुनसक्छ । उदाहरणको लागि गिलोय स्वरस ताजा सेवन गराउदा यसले जिब्रोमा घाउ हुने गर्दछ । यो जडिबुटी स-साना बच्चाको हकमा पनि ठिक छैन ।

केहि व्यक्तिहरूले हचुवाको भरमा आयुर्वेदलाई बदनाम गराउने जस्ता क्रियाकलाप सुन्नमा आएको छ । कुनै पनि आयुर्वेद होस् या हर्बल मेडिसिन किन नहोस् आयुर्वेद डाक्टर वैद्य र अनुभवी व्यक्तिको देखरेख विना नलिन हुन हार्दिक अनुरोध गर्दछौं ।

हामिले विगत लामो समयदेखि यस विषयमा प्रकाश पार्दै आएका छौं । आयुर्वेदमा अति खतरनाक खालका जडिबुटीहरू छन्, जसको प्रभावले गर्भपतनसम्म गराउन सक्दछ । हाम्रो सानो लापरबाहीले ठूलो नोक्सान नहोला भन्न सकिदैन ।

हाम्रो खानपान तथा आँचरणका कारण नै मानिसलाई मधुमेह, हृदयरोग, ब्लड प्रेसर, थाइरोडिज्म, मोटोपना, लिभर सिरोसिस, ग्यास्टिक, अल्सर तथा क्यान्सर जस्ता खतरनाक रोगहरू लाग्ने गरेको हुन्छ ।

अधिकांश मानिसहरू यस तथ्यप्रति गम्भीर नभई रोगहरूबाट छुटकारा पाउने आशामा घरि यो त घरि त्यो आयुर्वेद होस् या एलोपैथिक होस् या हर्बल औषधि नै किन नहोस् खाने गरेको पाइन्छ । आयुर्वेदको मत अनुसार यदि मानिसको खानपिन ठीक भएन भने औषधिको प्रयोगले पनि काम गर्दैन ।

यदि खानपिन ठीक भयो भने औषधिको आवश्यक पर्दैन । यदि मानिसले उचित र प्राकृतिक आहारविहार अपनाउने हो भने मानिस रोगहरूबाट बच्ने मात्र होइन, पूर्ण स्वास्थ्य लाभ प्राप्त गर्न सक्छन् । कुनैपनि औषधि सेवन गराउनुपूर्व आयुर्वेद डाक्टर विज्ञको सल्लाहविना कुनैपनि औषधि सेवन नगरौं नगराऔ यसैमा सबैको कल्याण हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply