आर्सेनिक एल्बम (Arsenicum Album) को बारेमा रोचक जानकारी

आर्सेनिक एउटा चमत्कारिक फाइदा दिने खालको औषधि हो । यो औषधिको प्रमुख लक्षण सेवन गराउनुपूर्व हामीले औषधि सेवन गराउदा औषधिसंग मिल्ने लक्षण हेरेर मात्र औषधि सेवन गराउनु पर्दछ । यस्ता लक्षण जस्तै बेचैनी हुनु, छट्पटि लाग्नु, शरीर पोल्नु, प्यास हमेसा लाग्नु जस्ता लक्षण हेरेर मात्र यो औषधि चलाउनु पर्दछ ।
आर्सेनिकका रोगी हमेसा निरास हुने म अब बाच्दिन जस्ता कुराहरु मनमा पैदा हुने गरेमा यसले राम्रो फाइदा गर्न सक्छ । उसको मनमा हमेसा एउटा कुराले सताएको हुन्छ । उसले केवल मैले थुप्रै औषधि गरे मलाई निको भएन अब म मर्छु भन्ने मानसिक टेंसन लिने खालको लक्षण देखिएको हुन्छ ।
अन्य लक्षणहरूमा नाकबाट पानी बग्नु नाक चिलाउनु, चिसो पसिना आउनु, चुप लागेर बस्दा बेचैनि छटपट्टि हुने जस्ता समस्या देखिन सक्छ । मलेरियाको औषधि सेवन गर्दा दविएको ज्वरो हटाउन सक्छ ।
अर्को महत्वपूर्ण लक्षण माथि पनि लेखी सकेको छु, निन्द्रा नलागेर यताउता फर्कन मन लाग्ने यो लक्षण एकोनाइटसंग मिल्दो जुल्दो हुनसक्छ । आर्सेनिकमा यस्तो देखिएको हुन्छ कि शरीर नदुख्ने तर शरीरमा जलन हुनाले विरामी आतिने गरेको हुन्छ ।
तर वर्तमान समयमा बिश्वलाई नै तहस-नहस गरेको रोग नोबेल कोरोना भाइरसमा यो औषधिको मिल्दो लक्षणको आधारमा यस्ले काम गर्न सक्छ भन्ने सोच मात्र हो यो रोगमा यसले काम गर्न सक्छ भन्ने मानसिकता मात्र देखिएको छ । यस्ता रोगमा प्रयोग गरेर हेर्दा खासै नोक्सान भने यसले केहि नगर्ने देखिएको छ ।
आज हामीले हरेक वस्तुको आधार खोज्ने गर्छौं । बाच्नको लागी हामीले चामल खाने गर्छौं । हामीले खाने मासुमा थुप्रै औषधि दिएको हुन्छ खाने बेलामा हामीले वैज्ञानिक आधार खोजेका हुन्छौं त? खाइसकेपछि मात्र हामी सोच्छौं यसको वैज्ञानिक आधार के हुन सक्छ ।
सवैभन्दा बुझ्नुपर्ने कुरा यो छकी यदि कसैलाई टाइफाईड भएको छ भने त्यस्तो अवस्थामा कतिपयले आर्सेनीक एल्बम दिने गरेको पाइन्छ । यो होम्योपैथीकको नियम बिरोध हो भन्दा खासै फरक छैन । औषधि र रोगको लक्षण जबसम्म सेम हुदैन तबसम्म हचुवाको भरमा औषधि चलाउनु भनेको नीतिको बिरुद्ध हुन सक्छ ।
हाम्रो देशमा यस्ता अनेकौं जडिबुटी छन् सेवन गरेर लाभ उठाउनुको सट्टा वैज्ञानिक आधार खोज्ने गरेका हुन्छौं । कुनैपनि चिज सेवन गर्दा सवैभन्दा पहिले यस्को साइड इफेक्ट के हुन सक्छ भन्नेतर्फ लागेका हुदैनौं यसैको प्रतिफल भनेकै नोबेल कोरोना भाइरस हो भन्दा खासै फरक छैन ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।