कस्तो रोग हो डेंगु? यसका लक्षणहरु के के हुन् र यसबाट कसरी बच्ने
स्वास्थ्य मानव जीवनको महत्वपूर्ण पक्ष हो। हरेक मानिस आफू लामो समय सम्म बाँच्ने चाहाना राख्दछ र सोही बमोजिमको जीवनशैलीको निर्माण गर्दछ। स्वास्थ्य गतिशील हुने हुँदा विविध कारणले मानिसको स्वास्थ्यको अवस्था जटिल बन्दै गइरहेको हुन्छ। त्यसमा पनि वर्षायाम स्वास्थ्यका दृष्टिले संबेदनशिल समय हो। अझ बर्षायाम शुरु हुने बेला भएकोले यो समयमा विभिन्न प्रकारका रोगहरु फैलने गर्दछन्। यी मध्ये डेंगु पनि एक हो।
नेपालमा यो रोग दिन प्रतिदिन तीब्र रुपमा फैलिदै गइरहेको छ। यो रोग विशेष प्रजातिको Aedes Aegypti नामको लामखुट्टेले टोकेर हुने तिब्र भाइरल रोग हो। यो भाइरस डेन -1, डेन -2, डेन -3, र डेन -4 गरि 4 प्रकारका हुन्छन्। नेपालमा सन् 2006 मा बाँकेमा यो रोगको बीरामी भेटिएको थियो। WHO का अनुसार बर्सेनि विश्वमा करिब 5 करोड व्यक्ति यो रोगबाट संक्रमित हुन्छन् भने 2 अर्व 50 करोड व्यक्ति जोखिममा रहेका छ्न्।
यो रोग सार्ने लाम्खुट्टे ग्रामीण भेगमा भन्दा शहरी भेगमा बढी पाइने गरेको छ। 2010 मा नेपालमा यसले माहामारीको रुप लिएको थियो, जसमा 917 जना बिरामीमा 5 जनाको मृत्यु भएको थियो। डेंगुलाइ Back bone fever का नामले पनि चिनिन्छ। यो रोग पोथी जातको लाम्खुट्टेले मात्र सर्ने गर्दछ।
यो रोग लाग्दा एक्कासि ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्द्वारबाट रगत आउने जस्ता लक्षणहरु देखा पर्छन्। यो रोग विरुद्द खोप तथा खास कुनै उपचार समेत नभएकाले लाम्खुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने मुख्य उपाय हो।
यो रोगबाट वच्नको लागि घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवं ढोकामा जाली लगाउने, रोगको शंका लागेमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गर्ने गर्नुपर्दछ। डेंगु प्रभाबित जिल्लामा स्थानीय एफ. एम रेडियो तथा पत्र पत्रीका मार्फत राज्यका तर्फबाट डेंगु विरुद्दमा विभिन्न प्रकारका कर्यक्रम, विज्ञापन तथा विज्ञका अन्तर्वाता प्रशारण गरेर चेतना फैलाउन सकिन्छ।