\
स्वास्थ्य

सुतेर उठ्दा हाम्रो आँखामा कचरा लाग्नुका कारणहरु

आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरु मिलेर बनेको हुन्छ । ‘प्लीका सेमी लुनारिस’ नामक आँखाको भागले हर समय कचरा बनाउने तरल पदार्थ ( आँशु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ । तर जब हामी सुतेका हुन्छौँ, आँखा झिम झिम हुदैन् र यो तरल पदार्थ आँखाको कुनामा जम्मा भई जम्न पुग्दछ । बाहिरको धुलो, फोहर र मरेको कोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट हरेक दिन विहान उठ्दा आँखामा कचरा देखिन्छ । हरेक व्यक्तिमा प्लीका सेमीलुनारीसले फरकफरक मात्राको तरल निकाल्ने हुँदा कचराको मात्रा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ ।-एजेन्सी

Leave a Reply