\
स्वास्थ्य

गुट्का सेवन गर्नेको संख्या बढदो, परिणाम के होला ?

राम ठकुरी
 राम ठकुरी

पहिलेको तुलनामा हिजोआज नेपालका बजार मात्र नभइ गाउँ गाउँका पसलहरुमा गुट्काको माला झुन्डिएको हामी देख्न सक्छौ । बजारका सडक र गल्ली गल्लीमा रहेका पान पसल त झनै गुट्काको मालाले ढाकिएको देख्न सकिन्छ। ठाउँ ठाउँमा गुट्काका खाली खोलहरु देख्न सकिन्छ । बिशेष गरी युवा र अधबैसे मानिसहरुले गुट्का चपाइरहेको देख्न सकिन्छ ।

सुपारी, लाईम, पाराफिन र सुर्तीलाई मिलाई गुट्का तयार पारिएको हुन्छ। यसमा ४००० प्रकारका रसायन हुन्छन्, जसमध्य ४० प्रकारका रसायन क्यान्सर गराउने हुन्छन। अन्य प्रकारका सुर्तीजन्य पादार्थ सेवन भन्दा गुट्का सेवन बढी हानिकारक हुन्छ।  किनभने गुट्कालाई चपाइकन निलिने हुँदा त्यसमा भएको सम्पुर्ण रसायन पेट्मा पुग्द्छ र सो रसायनहरु रगत हुँदै शरिरका सबै भागमा प्रबेश गर्दछ ।
gutka

४००० हानिकारक रसायनका साथसाथै यसमा नाइट्रोसामाइन, आर्सेनिक, बेन्जोपाइरिन्, कार्बनमोनोअक्साइड, सल्फर डाइअक्साइड, हाइड्रोकार्बन, क्लोरिन र एमोनियमका यौगिक आदी रहेका हुन्छन ।

शरिरमा पर्ने हानिकारक प्रभाव्

  1. गुट्का सेवन गर्नाले मुख, घाँटी, जिब्रोको क्यान्सर हुने खतारा हुन्छ ।
  2. यसले खाना नलीमा असर गर्दछ ।
  3. मुख भित्र घाउ आउने हुन्छ ।
  4. गिजा र दाँत सड्ने समस्या आउछ ।
  5. खानाको स्वाद राम्रोसँग लिन सकिदैन ।
  6. दाँत कालो खैरो हुँदैजान्छ र मुहारको चमकतामा असर पुर्याउछ्
  7. ब्रोंङ्काइमा दम हुनसक्छ ।
  8. स्वरयन्त्रमा गडबडि ल्याउछ ।
  9. किड्नी फेल हुनसक्छ ।
  10. रक्त नलीलाई साँघुरो बनाइदिने हुनाले मुटुमा स्ट्रोक हुनेहुन्छ ।
  11. उक्च रक्तचापको समस्या आउछ ।
  12. गर्भवती महिलाहरुमा कम तौलको बच्चा जन्मने समस्या आउछ ।
  13. गुट्का सेवन गर्नाले यौन शक्तीमा समेत गिरावट आउछ ।
  14. कलेजोले हानिकारक पदार्थ भन्डार गर्ने कार्य गर्दछ ,तर गुट्कामा भएको हानिकारक पदार्थ लाई लामो समय भन्डार गर्न यो असमर्थ हुन्छ र कार्यक्ष मतामा कमी आइ कलेजो को रोग पैदा हुन्छ
    cancerगुट्का छोड्ने तरिकासर्बप्रथम त आफुमा आत्मबिस्वास बढाउनुहोस् कि म गुट्का छोड्न चाहन्छु र सक्छु भनेर त्यसपछी आफुले मान्दै आएको भगवानसँग प्रार्थना गर्नुहोस् यो अ्म्मलबाट छुट्कारा पाउ भनेर ।
    यदी यहाँहरुलाई गुट्का खाने आद्त छ र छोडन चाहनुहुन्छ भने यो सम्भव छ । यसको लागी निम्न उपाय अपनाउनुहोस् ।एकै पटक अचानक छोड्ने प्रयास नगर्नुहोस्। गुट्काको परिणाम कम गर्दै जानुहोस् ।
    पहिलो हप्तामा शरिरमा चिट्चिटापन आउन पनि सक्छ तर न घड्बडाउनुहोसा। यति बेला लामो स्वास फेर्नुहोस् । यसो गरेमा मस्तिस्कमा अक्सिजन प्रचुर मात्रामा पुग्छ र केहि राहत हुन्छ ।प्रसस्तै पानी पिउनुहोस् । पानीले शरिरमा भन्डार भएर बसेको हानिकारक रसायनलाई निकाल्छ ।दैनिक थोरै भएपनि फलफुल सेवन गर्नुहोस् यसले हानिकारक रसायन शरिरबाट हटाउनुको साथै मस्तिस्क सबल र शान्त बनाउछ ।
    दैनिक हल्का ब्यायाम वा योगा गर्नुहोस । यसो गर्दा मस्तिस्कलाई आनन्द दिने डोपामाइन (Dopamine) उत्पाद्न हुन्छ र गुट्का सेवन गरी रहनु पर्दैन ।दोश्रो हप्तामा प्रबेश गर्न सफल भइसकेपछी मात्रा अझै कम गर्नुहोसा यो चरणमा यहाँहरुलाई पहिलो हप्तामा भन्दा कम चिट्चिटाहट हुन्छ । यदी गुट्कामा मन गएमा मरिच वा ल्वाङ चपाउनुहोस् ।

    पानी र फलफुल सेवन कायम गर्नुहोस्
    आउने दिनहरु पार गर्दै यहाँहरु पुर्णरुपमा गुट्का छोड्न सफल हुनुहुनेछ ।

    याद राख्नुहोस् गुट्का छोडिसकेपछी अन्य साथीहरुले खाएको देखेमा य दिएको प्याकेट मात्र पनि फेरी खानुभयो भने फेरी पहिलेकै परिमाणमा गुट्का सेवन गर्ने चरण सुरु हुनेछ ।

    यो तरिका चुरोट र सुर्ती छोड्न पनि प्रयोग गर्न सकिन्छ ।

Leave a Reply