\
स्वास्थ्य

प्रोस्टेट क्यान्सरको शंका लागेको छ भने गराउनुहोस् यी परीक्षण र उपचार

काठमाडौँ । प्रोस्टेट क्यान्सर पुरूषमा देखिने आम समस्या हो । कुनै व्यक्तिको उमेर ५० वर्ष नाघेको भए त्यसपछि यो समस्या देखा पर्ने हुनसक्छ । ५० वर्षभन्दा माथिका व्यक्तिहरूलाई पिसाबको समस्या देखिएमा प्रोस्टेट त होइन भनेर जाँच गराउनु पर्दछ ।

कहिलेकाही ब्लडको परिक्षण गरेर पनि यो रोग लागेको नलागेको पत्ता लाग्न सक्छ । यस प्रकारको जाँचलाई पीएसए टेस्ट भन्दछन् । यो टेष्ट ब्लडको माध्यमबाट गराइन्छ । यस प्रकारको जाँच गराउदा पिएसए परिक्षण गराउदा बढी देखिन्छ भने रोग लागेको सहज अनुमान लगाउन सकिन्छ ।

प्रोस्टेट बढेको नबढेको जाँच गर्ने अर्को प्रविधि पनि छ । पिसाव गर्न समस्या देखिएमा रेक्टल जाँच गराउनुपर्छ । यो जाँच हस्पिटल गएर गराउनुपर्ने हुन्छ ।आजकाल यो जस्ता रोग लाज मानेर लुकाउदै गर्दा ठूलो समस्या निम्त्याउने हुन्छ ।

प्रोस्टेट क्यान्सर आजकाल आम हुँदैछ । ५० वर्ष कटेकाहरूले यो परिक्षण अनिवार्य गराउनु पर्दछ । प्रोस्टेट रोगमा एमआरआईको ठुलो भूमिका छ । यो सवैभन्दा राम्रो र स्पेशल टेक्निक हो जसको माध्यमबाट सजिलोसँग रोगको पत्ता लाग्न सक्छ । यो जाँच बाट दुइवटा फाइदा देखिन्छ :

१. बाईओप्सी गर्ने निर्णय लिन सकिने

२. बाईओप्सी नगरिकन कुन भागमा क्यान्सर छ वा छैन थाहा हुन सक्ने छ । यो माध्यमबाट सानो भन्दा सानो घाउ पनि देखिन सक्छ ।

आजकाल यो समस्या धेरै पुरूषहरूमा देखिएको छ । पिसाब फेर्न समस्या देखिना साथ यसको उपचार गराइहाल्नु पर्दछ ।

उपचार

सामान्य अवस्थाको समस्या देखा परेको भए । Prostonum Drop १५ थोपा औषधि दिनमा ३/४ पटक थोरै पानीमा राखेर खानु पर्छ । यसले पिसाब फेर्न सहज बनाउन थाल्नेछ ।

नोट : यो होम्योपैथी औषधि हो ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply