\
स्वास्थ्य

पिसावको रोग यूटीआईको कारण र उपचारको बारेमा जानकारी

पिसावको रोग युरिनरी ट्रयाक इन्फेक्सन (यूटीआई) ई-कोलाई ब्याक्टेरियाको कारणले हुने गर्दछ । तर कहिलेकाही यसको अन्य कारण अत्यधिक यौन सम्पर्कले पनि यूटीआई हुने गर्दछ । आजकाल गाउँघरमा यस्तो समस्या धेरैलाई देखिन्छ ।

ब्लड सुगर हुनेहरुलाई पनि यूटीआई हुने गरेको पाइएको छ । एण्टिबायोटिक औषधिको अत्यधिक मात्रामा प्रयोग हुने गरेको अवस्थामा पनि यस्तो समस्या देखिन सक्छ।

पिसावमा संक्रमणका कारणले पनि यूटीआई हुन सक्छ । पिसावमा संक्रमण हुँदा पिसाब गर्न गार्हो हुने, पटकपटक पिसाब लाग्ने जस्ता समस्या देखिन सक्छ । ज्वरो आउने, तल्लो पेट दुख्ने, कम्मरमा दुखाइ हुन सक्छ ।

हुनत यस्ता रोगको उपचार एण्टीबायोटिक औषधिको सहि प्रयोगबाट यो समस्या हल गर्न सकिन्छ । यस्ता समस्या देखिनासाथ समयमा उपचार नभए गम्भीर समस्या नहोला भन्न सकिदैन । यस्ता समस्या भविष्यमा नहोस् भन्नका लागि जुस, पानी प्रशस्त पिउने बानी बसाल्नु राम्रो हुनेछ ।

यस्ता रोगको उपचार एलोपेथिकमा प्रशस्त भएपनि आजको लेखमा घरेलु औषधी र आयुर्वेद औषधिबारे प्रकाश पार्ने जमर्को गर्नेछौं । कहिलेकाही नपत्याउदा औषधिले पनि राम्रो काम गर्न सक्ने देखिएको छ ।

यूटीआईको उपचार

१. दही

दहीमा प्रोबायोटिक भन्ने तत्व हुन्छ । यसले शरीरमा ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्दछ । त्यसैले दैनिक खानासँग दहि मोहि खाने बानी बसाल्नुपर्छ ।

२. तुलसीको पात

तुलसीको पातको काढा पकाउने चिसो भएपछि दिनमा दुईपटक खाने ठिक हुन्छ ।

३. कागती पानी

गरम पानीमा कागतीको रस मिलाएर पिउनाले पनि पिसाव संक्रमणमा हुन्छ ।

४. दूध र मह

दूधमा मह थोरै राखेर सेवन गर्नाले पनि यो समस्या हल हुन्छ ।

५. चन्दनासव

चार चम्चा दिनमा दुईपटक सम्मभाग पानीसंग खाने ।

६. चन्द्रभावट

एक गोली दिनमा दुईपटक पानीसित खाने ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply