\
मुख्य समाचारस्वास्थ्य

बाँझोपनको समस्या हटाउन उपयोगी शिवलिंगी बुटीबारे रोचक जानकारी

नवलपुर । शिवलिंगीको बिउ जसको वैज्ञानिक नाम बरायनिया लैसिनीसा (Bryonia Laciniosa) हो । शिवलिंगी बुटीको प्रयोग विशेष गरी बाँझोपन (Fertility) को उपचारमा गरिन्छ ।

शिवलंगी बुटीमा शुक्रकिट बढाउन महत्वपूर्ण भूमिका छ । यो औषधिको गुण गर्भाशयलाई बलियो बनाउने (Uterine Tonic) को रूपमा राम्रो भूमिका यसले खेल्ने गरेको पाइन्छ ।

शिवलिंगीको बीउ तोकेको मात्रामा सेवन गराउनाले गर्भधारण गर्न ठूलो मद्दत गर्दछ । शिवलिंगीको खेती नेपालमा प्रशस्त हुने गरेतापनि जति यसको प्रयोग हुनुपर्ने हो हुन सकिरहेको छैन ।

शिवलिंगी बुटिको प्रयोगले महिलाको प्रजनन क्षमता (Female Fertility) बढाउन महत्वपूर्ण भूमिका यो जडिबुटीले खेलेको छ । बैद्यहरूको भनाईमा शिवलिंगी बुटीको सेवन गर्ने महिलामा प्रजनन क्षमता बढाएर गर्भवती हुने सम्भावना यसले बढाएको छ ।

असमयमा हुने गर्भपतनलाई समेत रोक्ने काम यो जडिबुटीको प्रयोगले रोक्दछ । हामीले विगत लामो समयदेखि बाँझोपनको उपचार गर्दै आएका छौं । १००% सफलता हामीले उठाएका छौं ।

हाम्रो उद्धेश्य जनहितमा सबैले फाइदा उठाउन सके महंगो उपचारबाट बचाउन सकिनेछ । यस्ता औषधिमाथि अनुसन्धान गर्न आवश्यक देखिन्छ । आज यस्ता जडिबुटी हाम्रो वरिपरि छन् तर हामी फाइदा उठाउन पछि परेका छौं ।

 शिवलिंगी बुटी

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply