\
स्वास्थ्य

गठिया वाथ कस्ता व्यक्तिलाई हुन्छ ? यस्तो छ जान्नुपर्ने कुराहरु

हाम्रो शरीरको जोर्नीमा जब युरिक एसिड जम्मा हुन थाल्छ तब हामीलाई दु:ख पिडा दिन शुरु हुन्छ । युरिक यसिड बन्नुको प्रमुख कारण हाम्रो खानपिन रहेको छ । युरिक एसिड जस्ता रोग लाग्नुको पछाडि हाम्रो खानपिन दोषी रहेको विज्ञहरूको मत रहेको छ ।

युरिक एसिड बढ्नाले घुडा सुनिने रातो हुने जस्ता लक्षण देखिन सक्छ । उठ्न बस्न समेत कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । यो वाथ थुप्रै प्रकारको हुने गर्छ ।

गठिया वाथका लक्षण

केहि लक्षण अगाडि भनि सकेको छु । यसको प्रमुख लक्षण भनेको जोर्नी दुख्नु र सुनिनु प्रमुख भन्दा खासै फरक छैन । जोर्नी भन्नाले शरीरको जुनसुकै भागमा यसले आफ्नो असर देखाउन सक्छ । कस्तो उमेरका व्यक्ति र कस-कसलाई यो रोग लाग्छ भन्ने जानकारी हुन आवश्यक छ ।

विषेशगरी महिलाको तुलनामा पुरूषलाई बढि हुने गरेको पाइएको छ । ७०/७५ को उमेर पार गरेका महिला पुरुषमा बढि देखिएको छ । प्राय: महिलाहरुको महिनावारि सुक्ने समय जसलाई मिनोपोज पछि हुने गरेको पाइन्छ । यो रोग यदि आमा-बुबालाई छ भने २०% छोराछोरीलाई हुनसक्ने अनुमान गरिएको छ ।

अर्थराइटिसको जोखिम अवस्था

प्राय: महिलाहरूमा एस्ट्रोजनको कमिले हुन सक्ने अनुमान गरिएको छ भने अर्कोतर्फ आइरन, क्यालसियम, मोटोपना, अत्यधिक रक्सिको सेवन, हाइब्लड प्रेशर र किड्नीले ठिक काम गर्न नसक्दा यस्को असर हुने गरेको पाइन्छ ।

गठिया वाथको लक्षणहरु

१. खुट्टाको जोर्नी सुनिने

२. हातको अगुलाहरू दुख्ने सुनिने

३. अत्यधिक दुखाई बढ्ने

आजको लेखमा मैले गठिया वाथमा कस्तो आहार सेवन गर्नाले फाइदा हुनसक्छ भन्नेबारे प्रकाश परेको छु । वाथका रोगीलाई सन्तुलित आहारको आवश्यक हुनसक्छ । चोकरयुक्त आटोको रोटी, बोक्रा सहितको मुगको दाल, लौका, तोरीको साग, पत्ता गोभी, गाजर, दूध शिलाजीत जस्ता बस्तुको सेवनसंगै औषधि दिएर रोग निको बनाउनतर्फ लाग्नु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply