\
स्वास्थ्य

टन्सिल बिग्रेमा लाग्न सक्छ यस्ता थुप्रै रोगहरु

मौसम बदल्दै गर्दा हामीलाई विविध समस्या निम्तने हुन्छ । गलामा खरास हुनु । गला दुख्नु । बोल्दा अप्ठेरो महसुस हुने जस्ता समस्या टन्सिल रोगको आक्रमण हुदा देखिन सक्छ । सवैभन्दा पहिले हामीले बुझ्न जरुरी हुन्छ टन्सिल केलाई भन्दछन् ।

टन्सिल गलाको दुवै साइडमा बदामको आकारमा हुने एउटा अंग हो । यसले हाम्रो शरीरको सिक्युरिटी गार्डले जस्तै काम गरेको हुन्छ । जसको काम हो बाहिरी किटाणु, ब्याक्टेरिया र भाइरसलाई गलाबाट तल जान देखि रोक्ने काम गर्दछ । बाहिरको सक्रमणबाट हामीलाई बचाउन मद्दत गर्दछ । यदि हामीले लापरबाही गर्छौं भने थुप्रै समस्या झेल्नुपर्ने पनि हुन सक्छ ।

खास गरी टन्सिल कुन मौसममा बढि हुन्छ भन्ने जीज्ञासा हरेकलाई हुनसक्छ । टन्सिल मौसम बदल्ने समयमा बढी देखिएको छ । मौसम बदल्ने बेलामा नाना थरिका बिरामी हुने हुनाले खानपिनमा विषेश ध्यान पुराउन आवश्यक छ । गर्मी मौसममा बढी चिसो पेय पदार्थको सेवन बढी गर्नेहरुमा प्राय: टन्सिलको समस्या बढी देखिन सक्छ ।

टन्सिल रोग कस्ता उमेरका व्यक्तिहरूलाई हुन्छ भन्ने कुरामा यस्ले उमेरको भेदभाव नगरेको देखिएको छ । तर विशेष गरेर १३-१४ बर्षको उमेरमा टन्सिलको खतरा बढि हुने गरेको हामी पाउछौ ।

टन्सिल रोग लाग्नुको पछाडि खानपिनको पनि हात रहेको छ । निम्न लिखित अवस्थामा प्राय: टन्सिल हुने गरेको हामी पाउछौं टन्सिल हुने कारण निम्न लिखित छन् ।

१. प्रदुषणको कारणले गर्दा

२. इम्यूनिटि सिस्टम कमजोर हुनाले

३. धेरै मात्रामा मरमसला र चिसो प्यपदार्थको सेवन गर्नाले टन्सिल हुन सक्छ ।

टन्सिलको लक्षण निम्न लिखित छन् :

१. गला दुख्नु,निल्न गारो हुनु ।

२. स्वर बदलिनु ।

३. टन्सिल दुवै या एकातर्फको सुनिने ।

४. सामान्य ज्वरो आउन सक्छ ।

अधिकांश चिकित्सकहरू टन्सिलको उपचार गर्दा निम्न लिखित परामर्श दिने गरेको पाइन्छ । सामान्य अवस्थामा तातो नुन पानीले कुल्ला गर्ने हल्का ज्वरो देखिएमा पारासिटामोल दिने बढी सक्रमण देखिएमा एण्टिबायोटिक मेडिसिन दिएर निको बनाउने चलन छ । तर कहिलेकाहीँ टन्सिल ज्यादा बढ्न गएमा अप्रेसन गर्ने सल्लाह दिने गरेको हुन्छ ।

टन्सिलको उपचार गर्दा अधिकांश व्यक्तिहरूले उपचार विचमै रोक्ने गरेको पाइएको छ । यसले नोक्सान गर्न सक्छ । यसको ठोस कारण हो गला ठिक भएपनि भित्र प्रवेश गरेका अनावश्यक व्यक्टेरिया समाप्त नहुँदा पटक-पटक गलामा आक्रमण हुदै गर्दा कालान्तरमा गएर फोक्सोमा समेत असर देखाउन सक्छ । टन्सिल भएमा तुरुन्त उपचार गराई हाल्नु सवैभन्दा बुद्धिमानी ठहर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply