\
गण्डकी प्रदेशमुख्य समाचारस्वास्थ्य

नवलपुरको मध्यविन्दु टाडीमा २ हप्ते नि:शुल्क योग शिविर सम्पन्न

नवलपुर । गत फाल्गुन १९ गतेदेखि आज चैत २ गते बुधबारसम्म योग निश्चिन्तवृति निरोध पतन्जली योग समिति गण्डकी प्रदेश र नवलपुरको तत्वावधानमा संचालित नि:शुल्क योग विज्ञान शिविर-२०७८ मध्यविन्दु-६ टाडी फुटबल ग्राउन्डमा भएको थियो ।

उक्त शिविरमा त्यहाँका बासिन्दाहरूले योग गरेर स्वास्थ्य लाभ प्राप्त गरेका थिए । यसरी योगद्वारा हामीले विविध स्वास्थ्य लाभ उठाउन सक्ने अवसर यो शिविरबाट प्राप्त भएको देखिन्छ ।

समय समयमा यस्ता नि:शुल्क योग शिविर लगाउन सके यसबाट थुप्रै जनताले फाइदा उठाउन सक्नु भएको यो योग शिविरले देखाएको छ ।योग र मानवको स्वास्थ्यसंग परस्पर सम्बन्ध रहेको छ । योग मान्छेले मात्र होइन पशुले पनि योग गर्ने गरेको हुन्छ ।

योगको भाव अर्थ यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्मा बीचमा संयोग स्थापित गर्नु नै योग हो । विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्यभित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो । यसले एउटा कुरा के सिद्ध गर्दछ भने योग हरेक मानवको लागि आवश्यक छ ।

यो योग शिविरमा गणेश आचार्य र उनकी धर्मपत्नीद्वारा योगाभ्यास गराइएका केही दृश्य तल दिइएको छ :

योग शिविर नवलपुर योग शिविर नवलपुर योग शिविर नवलपुर योग शिविर नवलपुर

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply