\
गण्डकी प्रदेशमुख्य समाचारस्वास्थ्य

नवलपुरको मध्यविन्दुमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपुर । आज २४ गते मंगलबार नवलपरासीको सुस्तापूर्व मध्यविन्दु-६ हर्दिया, नवलपुरको विद्यालय भवनमा नेपाल जिल्ला आयुर्वेद व्यवसायी संघ र पतञ्जली योग समिति परिवारको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा पेट सम्वन्धि, नशा सम्वन्धि रोगीहरूलाई औषधि र सेवा निशुल्क गरिएको थियो । यो स्वास्थ्य शिविरमा सेवा लिनेहरूमा बृद्ध युवा युवतीको उल्लेखनीय उपस्थित रहेको थियो ।

हाम्रो यस जिल्ला आयुर्वेद औषधि व्यवसायी संघले स्वास्थ्य शिबिरलाई निरन्तरता दिने अभियान यो दोस्रो पटक हो । अहिलेको वर्तमान अवस्थामा नि:शुल्क गरिएको स्वास्थ्य शिबिरले गरिब असहायलाई समेत राहत पुगेको देखिन्छ ।

यो शिविरमा हस्पिटल समेत पुग्न नसकेका केहि व्यक्तिहरूले यसरी दिएको सेवाले हामी दु:खी गरिबलाई केहि राहत पुगेको औलाएका थिए । आजको यस स्वास्थ्य शिविरको केहि झलक तल दिइएको छ ।

नि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविर नि:शुल्क स्वास्थ्य शिविर नि:शुल्क स्वास्थ्य शिविर

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply