\
गण्डकी प्रदेशस्वास्थ्य

जिल्ला आयुर्वेद नवलपुरको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन

नवलपुर । आज २९ गते शनिबार नवलपरासी सुस्ता पूर्वको जिल्ला आयुर्वेद नवलपुरको आयोजनामा देवचुली-१४ नम्बर वडा कार्यालयमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा विविध नेपाली कम्पनीले आयुर्वेद औषधि र वडा कार्यालयले आर्थिक सहयोग प्रदान गरेको थियो ।

यो स्वास्थ्य शिविरमा सेवा लिनेहरूमा बृद्ध युवा युवतीको उल्लेखनीय उपस्थित रहेको थियो । हाम्रो यस जिल्ला आयुर्वेद औषधि व्यवसायी संघले स्वास्थ्य शिबिरलाई निरन्तरता दिने भनिएको छ ।

अहिलेको वर्तमान अवस्थामा नि:शुल्क गरिएको स्वास्थ्य शिबिरले गरिब असहायलाई समेत राहत पुगेको देखिन्छ । आजको यस स्वास्थ्य शिविरको केहि झलक तल दिइएको छ ।
स्वास्थ्य शिविर सञ्चालनस्वास्थ्य शिविर सञ्चालनस्वास्थ्य शिविर सञ्चालनस्वास्थ्य शिविर सञ्चालनस्वास्थ्य शिविर सञ्चालनस्वास्थ्य शिविर सञ्चालनस्वास्थ्य शिविर सञ्चालन

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply