\
स्वास्थ्य

रूघाको सफल घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रूघा खोकीलाई हामीले सानो रूपमा लिने गर्द थियौं तर अहिले यही रूघाले बिकराल रूप लेला भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । रूघा लाग्दा हाछिउँ आउनु स्वाभाविक प्रक्रिया हो तर अहिले हाछिउँ गर्दा सिङ्गो समाज तर्सन्छ ।

वर्षमा एकपटक हरेकलाई रूघा लाग्छ । प्रकृतिले रूघाको माध्यमबाट टाउकोमा भएको फोहर फाल्ने माध्यम रूघालाई बनाएको हुन्छ । ज्वरो आउनु कुनै रोग होइन तर बाहिरी किटाणुहरू जब भित्र प्रबेश गर्न थाल्दछन् तब स्वस्थ शरिरमा लक्षणको रूपमा ज्वरो देखिन थाल्दछ ।

प्रकृतिले यस्ता रोगको उपचार औषधि नभई जडिबुटी तातोपानी जस्ता पेय पदार्थबाट गर्न सल्लाह दिएको छ तर यसो नगरी हामीले रूघालाई दवाउने प्रयत्न गर्छौ भने यस्ले मस्तिष्कमा ठूलो असर हुने र कालान्तरमा निमोनिया, दम खोकी जस्ता दिर्घ रोग निम्त्याउने गरेको हुन्छ ।

रूघाको औषधि एलोपैथिकमा छ तर त्यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा बेफाइदा बढी हुने गरेको देखिन्छ । हुनत भाइरसको कुनैपनि औषधि बनेको छैन तर गलत औषधिको प्रयोग भए ज्यान समेत जान सक्छ ।

प्रकृतिको देनलाई जब हामी नजर अन्दाज गर्छौं तब तब हामीले दु:ख र पिडा भोग्न थाल्छौं । आज हामीले एउटा कुरा बुझ्न आवश्यक छ त्यो हो खानपिनको लापरबाही । एउटा होटल व्यवसायीले आफ्नो होटलमा बनाएको खाना खान्न तर उसले नागरिकलाई शुद्ध खान भन्दै खुवाउने गरेको हुन्छ।

एउटा डाक्टरको कुरा गरौं डाक्टर स्वयं चुरोट.जाड रक्सि सेवन गर्छ भने उस्ले विरामीलाई के परामर्श दिन सक्छ। सेवा दिने मान्छेको सोच पोजीटिभ भएमा मात्र उस्ले दिएको परामर्शको अर्थ ठिक हुन सक्छ।

चोरले चोर्न सिकाउछ भने ठग्ले ठग्न सिकाउछ। साथी सहि छभने उस्ले सहि बाटोमा हिडाल्न मदत्त गरेको हुन्छ। आज हामीले स्वास्थ्यमा नजर अन्दाज गर्दा महग्गो उपचार गर्न बाध्य भएका घटना यहाँ दिई रहनुपर्ला जस्तो लाग्दैन ।

साथीहरू समसामयिक विषयमा हामी केहि अगाडि बढेका रहेछौं आउनुहोस् अब रूघाको घरेलु औषधिबाट उपचार कसरी गर्ने जानकारी प्राप्त गरौं । आजकाल हामीले आफनो भान्सामा भएका औषधिबाट उपचार कसरी गर्ने भन्ने जानकारी प्राप्त गर्न सक्ने छौं ।

रूघा खोकीको औषधि बनाउने तरिका एकाइसौं शताब्दीमा गुगलको पानाबाट या युट्युवमा पनि चिया बनाउनेदेखि औषधि बनाउने ज्ञानसम्म प्राप्त गर्न सक्छौं । आजको लेख भने अन्यत्र नपाइने तर मेरो फेसबुकमा भने पाइने लेख यहाँ पस्कन गइरहेको छु ।

रूघाको औषधि बनाउने तरिका

१. पुननर्वाको जराको चुर्ण ३ ग्राममा २५० ग्राम दुध र २५० ग्राम जति पानी राखेर उमाल्ने र पाक्दा पाक्दा दूध मात्र बाँकी रहेपछि २० ग्राम जति मिश्री मिलाएर पिउनाले यो रोग ठिक हुन्छ ।

२. गाउँ घरमा यसको बारको रूपमा लगाइएको असुरो यो अत्यन्त पौष्टिक हुन्छ । यसको पात ल्याएर पकाउनुहोस् थोरै अदुवा पनि राखेर काढा तयार गर्नुहोस् र २ देखि ३ चमचसम्म यो काढामा मह एक चमच राखेर दुई पटक सेवन गर्नाले रूघा छु मन्त्र हुनेछ ।

३. थोरै अदुवा, तुलसी पात, मरिच, ज्वानो र सिधेनुन राखेको काढा बनाएर सेवन गर्दा पनि रूघा निको हुन्छ ।

४. साधा चियामा तुलसी पत्र मात्र राखेर दैनिक सेवन गर्नाले पनि रूघा निको हुन्छ ।

५. दैनिक सेतो चियाको सट्टा ग्रीन टि सेवन गर्दा पनि रूघामा राम्रो फाइदा हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply