नेपालमा संक्रमितको संख्या ४०८५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित
काठमाडौँ, जेठ २७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार आज कोरोना संक्रमित हुनेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।
साथै महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज ३२३ कोरोना संक्रमितहरुमध्ये २९२ जना पुरुषहरु र ३१ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४०८५ कोरोना संक्रमितहरुमध्ये ३७९८ जना पुरुषहरु र २८७ जना महिलाहरु रहेका छन् । आज इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो । योसंगै नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५८४ पुगेको छ ।
नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
नेपालमा ५८४ जनाले जिते कोरोना, थप ९६ जना घर फर्किए
नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३१४ संक्रमित