नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३१४ संक्रमित
काठमाडौँ, जेठ २६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार आज कोरोना संक्रमित हुनेहरुमा झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौटहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जना रहेका छन् ।
आज ३१४ कोरोना संक्रमितहरुमध्ये २९४ जना पुरुषहरु र २० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ३७६२ कोरोना संक्रमितहरुमध्ये ३५१२ जना पुरुषहरु र २५० जना महिलाहरु रहेका छन् । नेपालमा ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४८८ पुगेको छ ।
नेपालमा सिन्धुपाल्चोकका १ जना, बाँकेका १ जना, गुल्मीका १ जना, बाराका १ जना, ललितपुरका १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना र स्याङ्जाका १ जना गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
नेपालमा ४८८ जनाले जिते कोरोना, थप २१ जना घर फर्किए
नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ २१३ संक्रमित