अर्घाखाँचीमा आज थपिए कोरोनाका नयाँ ३१ संक्रमित
सन्धिखर्क, जेठ २६ । अर्घाखाँची जिल्लामा आज एकैदिन कोरोना भाइरस (कोभिड-१९) का नयाँ ३१ जना संक्रमित थपिएका छन् । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।
भारतबाट गृह जिल्ला अर्घाखाँची आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा सन्धिखर्क नगरपालिकाकाका २९ जना, पाणिनि गाउँपालिकाका १ जना र शीतगंगा नगरपालिकाको १ जना गरी ३१ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । जसमध्ये दुई जना महिलाहरु छन् । आज कोरोना संक्रमितहरु १८ देखि ५० उमेर समूहका रहेका छन् ।